दीपेन्द्र के खनालको निर्देशनमा बनेको पशुपति प्रसाद-२ को दोस्रो श्रृंखला ठूला अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको छ ।
कार्तिक ३ गते दशैँको छेको पारेर रिलिज हुने यो फिल्मको छायांकन अझै सकिएको छैन ।
यसरी छायांकन नसकिदैं फिल्मले विदेश राइट्स बिक्री बापत २ करोड भन्दा बढी नेट कलेक्सन गरिसकेको छ ।
अब नेपालमा रिलिज भएको दिन नै अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, मध्यपूर्व, मलेसिया र युरोपेली मुलुकमा फिल्म प्रदर्शन निश्चित भएको छ ।
पशुपतिप्रसाद’को स्पिनअफको रुपमा निर्माण सुरु भएको यस फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल लगायतको शीर्ष भूमिका छ ।
बिहीबारबाट छायांकनको ५० औं दिनमा प्रवेश गर्दैछ भने अबको डेढ सातामा सुटिङ सकिने निर्देशक खनालले जनाएका छन् ।