काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले फाइल खोलेर अनुसन्धान सुरु गरेको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिन रास्वपाका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्।
भेटवार्ताका क्रममा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान तादरुकताका साथ अगाडि बढाएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएको लामिछानेको सचिवालयले जानकारी दिएको छ ।
लामिछाने सचिवालयका अनुसार जवाफमा प्रधानमन्त्रीले ‘अरु धेरै फाइल पनि खोल्छौं, तपाईं पनि सरकारमा सहभागी बन्नुस’ भनेर आग्रह गरेको जानकारी दियो । जवाफमा सभापति लामिछानेले आफू सरकारमा सहभागी नभए पनि प्रधानमन्त्रीले चालेका राम्रा कदमा साथ दिने बताएका थिए ।