जब बाहुबलीलाई भनियो दक्षिण भारतको सर्वाधिक असफल सिनेमा-Sutra News

जब बाहुबलीलाई भनियो दक्षिण भारतको सर्वाधिक असफल सिनेमा

शुक्रबार, २९ बैशाख २०८०

शुक्रबार, २९ बैशाख २०८०

बाहुबली सिरिजले निर्देशक एसएस राजामौलीलाई भारतका बल्कबस्टर निर्देशकको परिचय दिलायो। उनको पछिल्लो रिलिज ‘आरआरआर’ले त्यसमाथि सफलताको ‘चार चाँद’ नै लगाइदियो। उनको चर्चालाई विश्वव्यापी बनाइदियो।



हलिउडका जेम्स क्यानरुन लगायतका निर्देशकहरुले त आफूहरु राजामौलीको सिनेमालाई पटकपटक हेरेको र राजामौलीको श्रृजनशिलताबाट प्रभावित बनेकोसम्म प्रतिक्रिया दिए।

कुनै पनि निर्देशकलागि यस्तो प्रतिक्रियाले अपार आनन्द प्रदान गर्दछ।

तर उनै निर्देशकलाई बाहुबली: द बिगनिङ लगत्तैको प्रतिक्रिया सुन्दा भने झण्डै ‘डिप्रेसन’को अवस्थामा पुर्‍याएको थियो।

उनी यस अवस्थामा पुग्नुको कारण थियो सो सिनेमाले तेलेगु भाषी मानिसहरूले दिएको सुरुवाती प्रतिक्रिया।
यसको खुलासा उनले एक साक्षात्कार कार्यक्रममा गरेका हुन्।

‘यो पहिलो प्यान इण्डिया सिनेमा थियो। हामीले यसलाई तमिलनाडु, केरला, उत्तर भारत, अमेरिका तथा युएईमा रिलिज गर्यौं। विश्वस्तरमा हामीले सकारात्मक प्रतिक्रिया पायौं। तर, हाम्रो मुख्य रोजीरोटीको जननी अर्थात तेलेगु भाषा बोलिने क्षेत्रबाट भने एकदमै नराम्रो प्रतिक्रिया पायौं। मानिसहरुले यसलाई हाम्रो(तेलेगु फिल्मी उद्योग)कै सबैभन्दा खराब सिनेमा भएको भने’, राजामौलीले भने।

यस्तो सुन्दा राजामौलीलाई सबैभन्दा बढि चिन्ता उनका सिनेमाका निर्माताहरुको भयो किनकी उनीहरूले सिनेमालाई तीन वर्षको समय खर्चेर एकसाथ रिलिज गर्न सम्भव बनाएका थिए।

‘हामीले सिनेमामा धेरै पैसा खर्च गरेका थियौं। मेरो मतलब निर्माताले धेरै नै पैसा खर्च गरेका थिए। मैले सोचे यदि यो मानिसहरूले सोचेजस्तै सर्वाधिक असफल सिनेमा भयो भने मलाई विश्वास गरेर तीन वर्षसम्मको यात्रा तय गरेका ती निर्माता त त्यो ठाउँमा पुग्नेछन्, जहाँबाट उनी कहिल्यै उठ्न नसक्ने बन्नेछन्। त्यसकारण मलाई त्यो अवस्थामा मैले के गर्ने हो थाहा नै हुनेथिएन’, राजामौलीले त्यो क्षण सम्झिदैं भने।

तर, त्यस्तो भएन। उनको सिनेमाले भारतीय सिनेमालाई ढंगले सोच्ने ठाउँमा पुर्याइदियो र निर्देशकले कतिसम्म जोखिम मोल्न सक्छन्, त्यो पनि प्रमाणित गरिदियो।
सर्वाधिक असफल हुनेछ भनेको उनको त्यो सिनेमाले करिब ६ सय ५० करोड भारूको कमाइ गर्‍यो। यसै सिनेमाबाट प्रभासले आफूलाई विश्वव्यापीरुपमा चिनाउनसमेत सफल बने। यसको सिक्वलले पनि अत्याधिक कमाइ गर्‍यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट