पाकिस्तानी आरोही पुगिन् सगरमाथाको चुचुरो-Sutra News

पाकिस्तानी आरोही पुगिन् सगरमाथाको चुचुरो

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

काठमाडौँ– थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आज (आइतबार) बिहान ८:०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन्।



सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गरेकी हुन्। त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन्।

दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए। कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रि पर्वतारोहीबाट भएको बताए।

उनका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन्। आज (आइतबार) साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए।

वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो। सगरमाथा आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर०ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ ९डोरी टाँग्ने० गरेपछि आरोहणको ढोका खुलेको हो। रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ।

यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ संख्यामा आरोही प्रतीक्षारत छन्। पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट