काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर र देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको हो।
तीन नेताबीच समसायिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको भनिएको छ।
नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेसँगै तीन नेताबीच भेटघाट बाक्लिएको छ। सोही प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन्। १२ जना भने पक्राउ परिसकेका छन्। प्रहरीले यही प्रकरणमा मुछिएको आशंकामा केही शीर्ष नेता तथा कर्मचारीबारे अनुसन्धान गरिरहेको जनाएको छ।