एमालेका सचेतक महेश बर्तौला अस्पताल भर्ना-Sutra News

एमालेका सचेतक महेश बर्तौला अस्पताल भर्ना

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

काठमाडौँ- नेकपा (एमाले)का सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा भर्ना गरिएको हो ।



शुक्रवार अस्पताल भर्ना गरिएको उनको स्वकीय सचिव आशिष अस्लामीले जनाए ।

अस्लामीका अनुसार उनलाई २८ गते रातिबाट एक्कासि ज्वरो आएको थियो र ज्वरो नघट्ने देखे पछि २९ गते साँझ हेटौँडा अस्पतालमा पुर्‍याइएको थियो ।

बर्तौलालाई घाँटीको टन्सिल र कमजोरीका कारण ज्वरो आएको जनाएको छ अस्पताल प्रशासनले जनाएको छ ।

गत वैशाख २७ गतेको सांसद बैठक सकेर २८ गते मकवानपुर क्षेत्र नम्बर २ का सांसद बर्तौला केही दिनदेखि गृह जिल्ला मकवानपुरको विभिन्न कार्यक्रमहरूमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट