राप्रपाले भ्रष्टाचारविरुद्ध आमसभा गर्ने-Sutra News

राप्रपाले भ्रष्टाचारविरुद्ध आमसभा गर्ने

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो जानकारी दिएका हुन् ।



आमसभाको मुख्य उद्देश्य नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचारका काण्ड छानविनका दबाबका लागि आमसभा गर्न लागिएकाे उनले बताए ।

शरणार्थी प्रकरणको छानबिनलाई कमजोर बनाउन नहुने बताउँदै उनले राप्रपा शसक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाजलाई बुलन्द बनाउने बताए ।

भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको पार्टी राप्रपा भएको बताउँदै उनले प्रहरीलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

त्यस्तै, लिङ्देनले सोमबारबाट सुरु हुने पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा लगायतका विषयमा छलफल हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट