नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनाविरुद्ध चार दिनको म्याद थप-Sutra News

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनाविरुद्ध चार दिनको म्याद थप

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

काठमाडौँ । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनाविरुद्ध चार दिनको म्याद थप भएको छ।



काठमाडौँ प्रहरी परिसरले जिल्ला अदालत काठमाडौँमार्फत् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई चार दिनको थप म्याद गरेको हो ।

गत बुधबार पक्राउ परेका खाँणलाई प्रहरीले उनलाई सोही दिन म्याद लिएको थियो। सो म्याद सकिएपछि प्रहरीले म्याद पुनः थप गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार ईन्द्रजित राईलगायत छन् ।

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी भने अझै फरार छन् । तर, उनका छोरा सन्दीप रायमाझी प्रहरी हिरासतमै छन् ।

यस्तै, प्रहरीका अनुसार पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र नेपाली कांग्रेसका पूर्वसांसद आङ टावा शेर्पाविरुद्ध प्रहरीले आइतबार पक्राउ पुर्जी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट