कार्यान्वयनमा नआउँदै किन रोकियो जग्गाको कित्ताकाट?-Sutra News

कार्यान्वयनमा नआउँदै किन रोकियो जग्गाको कित्ताकाट?

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

कार्यान्वयनमा नआउँदै जग्गाको कित्ताकाट रोकिएको छ। मन्त्रीपरिषद्ले यस सम्बन्धी प्रस्ताव पुन पठाउन भूमि व्यवस्था, सहकजारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन उएको छ।



विभिन्न विषयहरु स्पष्ट र पूरा नभएको भन्दै मन्त्रीपरिषद्ले मन्त्रालयलाई पुनः प्रस्ताव पेस गर्न निर्देशन दिएको हो।

सरकारले वैशाख ५ गते भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्दै जग्गाको कित्ताकाट फुकुवा गरेको थियो।

नियमावलीमा कृषियोग्य र गैरकृषियोग्य भूमि छुट्याएपछि मात्र कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ।

हालसम्म यस नियमावली अनुसार १ सय ५९ स्थानिय तहले वर्गीकरण टुङ्ग्याएका छन्। अन्यको बाँकी नै छ।

मन्त्रालयले भू-उपयोग नियमावली संशोधनका लागि २/३ वटा मात्रै विषय सम्बोधन गर्ने गरी संक्षिप्तमा प्रस्ताव पठाएको र मन्त्रिपरिषद्‍को आर्थिक तथा पूर्वाधार समितिमा छलफलपछि पुनः प्रस्ताव पेश गर्न निर्देशन दिइएको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट