के भने, म्याद थपका लागि अदालत लगिएका खाँणले ?-Sutra News

के भने, म्याद थपका लागि अदालत लगिएका खाँणले ?

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

काठमाडौं । पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
म्याद थपका लागि अदालतमा उपस्थिति गराइएका उनले सरकारी वकिल कार्यालयबाट निस्किने क्रममा यस्तो बताएका हुन् ।



खाँणलाई आइतबार दोस्रोपटक अदालतमा उपस्थित गराइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका खाँणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिन लागेपछि थप समय लिन लागिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत १२ जना पक्राउ परेका छन्।

पक्राउ पर्ने अन्यमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट