शुभागमन बचत तथा ऋण सहकारी संस्था लिमिटेड-बुटवल ११, कालिकानगरले एक दिवसीय नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शेयर सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै श्री शुभागमन साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत भीम अस्पताल भैरहवा, रुपन्देहीका मे.सु.वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.शकुन्तला गुप्ताको परामर्श र विपश्यना फार्मेसी तथा सेन्ट्रल ल्याब, बुटवलको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
शुभागमन साकोसको स्वास्थ्य उप-समितिको पहलमा सम्पन्न उक्त शिविर श्री शुभागमन साकोसका अध्यक्ष श्री हरिप्रसाद पौडेलको अध्यक्षता, सचिव श्री बिष्णुप्रसाद भण्डारीको सञ्चालन र स्वास्थ्य उप समिति संयोजक श्री सन्तोष नाउँको स्वागत मन्तव्य रहेको थियो ।
संस्थाका संस्थापक अध्यक्ष श्री शालिकराम पौडेल र विपश्यना फार्मेसीका सञ्चालक श्री महेश पाण्डेले आ-आफ्ना भनाइ राखेका थिए।
उक्त शिविरबाट ६५ जना शेयर सदस्यहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको सस्थाका कोषाध्यक्ष श्री सुवासचन्द्र ढकालले जानकारी दिएका छन्। उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य उप समिति सदस्य श्री शेषकान्त पोख्रेलले गरेका थिए।