खाँणसहित १२ जनालाई थप चार दिन थुनामा राख्न अनुमति -Sutra News

खाँणसहित १२ जनालाई थप चार दिन थुनामा राख्न अनुमति 

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत वैशाख गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिएको छ ।



आइतबार अदालले उनीहरुलाई थप चार दिन थुनामा राखी अनुसन्धान आदेश दिएको हो ।

यसैगरी, आजमात्रै यसै प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पालाई जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएको छ ।

सुरुमा ३ दिनका लागि पाएको म्याद शुक्रबार सकिएको थियो। शनिबार बिदा भएका कारण आज म्याद थपका लागि खाँणलाई अदालत लगिएको हो।

यस प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाण, उनका पिए केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट