काठमाडौं । काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
लामो समयदेखि फरार रहेका उनलाई अनुसन्धान व्युरोले आइतबार बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । जुन समय उनी अर्घाखाँचीमा थिए । तर, त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार थिए ।
शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोप बहादुर रायमाझीको संलग्नता खुलाएका छन् ।