खानका समर्थक र राज्य शक्तिबीच सोसल मिडिया र सडकमा घम्साघम्सी-Sutra News

खानका समर्थक र राज्य शक्तिबीच सोसल मिडिया र सडकमा घम्साघम्सी

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

काठमाडौं । पाकिस्तानमा इमरान खानका समर्थक र राज्य शक्तिबीच सोसल मिडिया र सडकमा घम्साघम्सी छ ।



मंगलबर इमरान खानको गिरफ्तारीको विरोधमा सरकारले सोसल मिडियामा बन्देज लगाएपछि उनको रिहाइको माग गर्दै सडक र सोसल मिडिया तताएका हुन् ।

प्रदर्शनमा उत्रिएका प्रर्दशनकारीहरुलाई सुरक्षा बलले हस्तक्षेप गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।उनीहरुका अनुसार प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।  प्रदर्शनकारीले विभिन्न माध्यमकाे प्रयाेग गरी इन्टरनेटकाे प्रयाेग गरिरहेका छन् ।

त्यस्तै प्रदर्शनकारीले सुरक्षा फोजमाथि ढुंगा प्रहार गरेका छन् । यी सबै तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् ।
सरकारले कतिपय ठाउँमा मोबाइल नेटवर्क बन्द गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट