टोपबहादुर रायमाझीलाई ल्याइयो काठमाडौं प्रहरी परिसर-Sutra News

टोपबहादुर रायमाझीलाई ल्याइयो काठमाडौं प्रहरी परिसर

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०
फाइल तस्विर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता टोप बहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ ।



केहीबेर अघि मात्रै पक्राउ परेका उनलाई प्रहरी परिसर ल्याएको हो ।

वैशाख २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले रायमाझीलाई काठमाडौंको बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको थियो ।

यस प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट