काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक कहिले बस्नेलगायत विषयमा छलफल भएको छ ।
सरकारले नीति तथा कार्यक्रम पेस गरेपछि जेठ १५ गते बजेट सार्वजनिक गर्नु पर्ने संवैधानिक प्रावधान छ । सोही विषयमा छलफल गर्न अध्यक्ष तिमिल्सिना बालुवाटार पुगेका हुन् ।