काठमाडौं । यार्सागुम्बा सङ्कलनका लागि हिमाली क्षेत्रमा पुगेका तीन युवक तीन दिनदेखि अलपत्र परेका छन् ।
यार्सागुम्बा संकलनका लागि दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्ती पुगेका उनीहरु चट्याङ लागेर असक्त भएपछि उनीहरु अलपत्र परेका हुन् । उनीहरुको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर गए पनि सदरमुकाम खलङ्गामै थन्किएको छ ।
उद्धारका लागि साँझ ४ बजे हेलिकप्टर खलङ्गा आइपुगे पनि मौसममा खराबी आएपछि घाइते रहेको स्थानमा जान नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।
घाइतेलाई हुमदुम्तीबाट मलकोटसम्म ल्याइपु¥याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा तीन यार्सागुम्बा सङ्कलक घाइते भएका थिए ।
चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए ।
उनीहरु गाउँलेसँगै यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेग उक्लेका थिए ।
दार्चुलको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ ।