‘प्रधानमन्त्रीको भ्रमण रोकेर पूर्वराजालाई स्वागत गरी भारतले कूटनीति दबाब बढायो’-Sutra News

‘प्रधानमन्त्रीको भ्रमण रोकेर पूर्वराजालाई स्वागत गरी भारतले कूटनीति दबाब बढायो’

सोमबार, १ जेष्ठ २०८०

सोमबार, १ जेष्ठ २०८०

काठमाडौं । नेकपा एमालेले भारतले नेपालमा आफ्नो एजेण्डामा सहमति गर्न दबाबको कूटनीति बनाएको तर्क गरेको छ ।



प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा एमाले सांसद रघुजी पन्तले नेपालको प्रधानमन्त्रीलाई भारत भ्रमणबाट रोकेर जनताले हटाएको पूर्वराजालाई स्वागत गरेर भारतले दबाबको कूटनीति बनाएको तर्क गरेका हुन् ।

भारतले आफ्नो एजेण्डा पूरा गर्नका लागि नेपाललाई दबाब दिएको उनले बताए ।

दबाबको कूटनीतिमा नपर्न प्रधानमन्त्रीलाई उनको सुझाव छ । पन्तले स्वतन्त्र देशको प्रधानमन्त्रीले राष्ट्रको स्वार्थलाई हेरेर एजेण्डा तय गर्नुपर्नेमा जोड दिए । उनले नेपालले असंलग्न परराष्ट्र नीतिबाट सन्तुलन गुमाउँदै जानु दुखद भएको जिकिर गरे ।

उनले नेपालको वित्तीय गोपनीयता विदेशको हातमा जाने खतरा देखिएको भन्दै यसप्रति सजक हुन सरकारलाई ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट