काठमाडौं- नेकपा (एमाले) ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मधेसमा २३ सांसदसहित पहिलो दलको रुपमा रहेको एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलका नेता तथा पूर्वमन्त्री सरोजकुमार यादवले जानकारी दिए ।
सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको बताइएको छ ।
गत पुस २७ मा एमालेलगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए ।