पाकिस्तानले भारतलाई भन्यो- हामीले पनि एसिया कप र विश्वकप बहिष्कार गर्नुनपरोस्-Sutra News

पाकिस्तानले भारतलाई भन्यो- हामीले पनि एसिया कप र विश्वकप बहिष्कार गर्नुनपरोस्

मंगलबार, २ जेष्ठ २०८०

मंगलबार, २ जेष्ठ २०८०

पाकिस्तान क्रिकेट बोर्ड(पिसिबि)ले यस वर्ष हुन लागेको एशिया कप र भारतमा हुने विश्व कप कहिष्कार गर्नसक्ने चेतावनी दिएको । पिसिबीले भारतले पाकिस्तानमा आएर



यसपालीको एशिया कप नखेले अक्टुबर-नोभेम्बरमा भारतमा हुने क्रिकेट विश्वकप खेल्न भारत नआउने चेतावनी दिएको हो।

एशिया कपको आयोजक यसपटक पाकिस्तान रहेको छ।

भारतको पाकिस्तानसँगको तनावपूर्ण सम्बन्धका कारण बारत यसपटकको एशिया कप श्रीलंका या युएईमा होस् भन्ने चाहन्छ। तर पाकिस्तान कुनै पनि हालतमा यो प्रतियोगिता पाकिस्तानमा हुनुपर्ने अडानमा छ।

पिसिबि अध्यक्ष नजम सेठीले एशिया कप खेल्न भारत पाकिस्तान नआएमा आफू पनि विश्वकप खेल्न भारत नजाने बताएका छन्।

‘भारतले हामीले एशिया कप र विश्वकप दुई वटै प्रतियोगिता बहिष्कार गर्ने वातावरण नबनाओस्। भारतले पाकिस्तामा नखेल्ने आफ्नो निर्णयमा पुनःविचार गर्नुपर्छ। भारतको यो निर्णयको परिणाम नराम्रो आउनसक्छ। हामीलाई पनि हाम्रो टोलीको भारतमा रहदाको बखतको सुरक्षाको चिन्ता छ। यदि निर्णय पुनःविचार भएन भने कुरा विश्वकप बहिष्कारसम्म पुग्नसक्छ। अरू देश पाकिस्तान आएर क्रिकेट खेलिरहेका छन्। भारतले आफू किन पाकिस्तानमा खेल्न चाहँदैनन्, त्यो बताउनुपर्छ’, सेठीले भने।

पिसिबीले यस्तो बताएपनि भारतले आफ्नो निर्णय पुनःविचार नगर्ने लगभग तय छ।

काश्मिरी आतंकवादीले पुलुवामा हमला गराएपछि बिसिसिआइले पाकिस्तान गएर क्रिकेट नखेल्ने फैसला गरेको थियो। त्यसयता भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान गएर क्रिकेट खेल्न अस्विकार गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट