काठमाडौं । सर्वाेच्च अदालतमा रेशम चौधरीको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको बहस सकिएको छ ।
तीन दिनदेखि जारी बहस साेमबार सकिएको हो ।
इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ । कैलालीको टीकापुरमा भएको घटनालाई लिएर जिल्ला र उच्च अदालतले चौधरीलाई दोषी ठहर गरेका थिए ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सो मुद्दासम्बन्धी बहस भएको थियो ।
उनी केही वर्षयता कारगार जीवन बिताइरहेका छन् । कारागारमा रहेकै बेला उनकै याेजनाबमाेजिम नागरिक उन्मुक्ति पार्टी स्थापना भएकाे छ । साे पार्टी हाल केन्द्रीय राजनीति र सुदूरपश्चिचम प्रदेशमा संसदीय भूमिकामा छ ।