काठमाडौं । भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । मंगलबार भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ भन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
आइओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची १ र १ महिनामा पठाउने गर्छ ।
हाल डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोलको १७५ रुपैयाँ छ ।