काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बालुवाटार स्रोतका अनुसार उनले सोमबार चार बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।
जेठ ५ गते सरकारले नीति तथा कार्यक्रम ल्याउँदै छ ।