नक्कली भुटानी प्रकरणमा सरकार दबाब र प्रभावमा पर्दैन : गृहमन्त्री श्रेष्ठ-Sutra News

नक्कली भुटानी प्रकरणमा सरकार दबाब र प्रभावमा पर्दैन : गृहमन्त्री श्रेष्ठ

मंगलबार, २ जेष्ठ २०८०

मंगलबार, २ जेष्ठ २०८०

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार कसैको पक्ष र विपक्ष तथा दबाबमा नहिँड्ने बताएका छन् ।



मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

‘अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको लक्ष्य छ । सरकारको तर्फबाट कुनै बायसनेस लिइनेछैन र सरकार कुनै दबावको अघि झुक्नेछैन । कुनैपनि दबावको अघि झुक्नेछैन, अनुसन्धानले जहाँसम्म लैजान्छ त्यहाँसम्म सरकार पुग्छ,’ उनले भने ।

यस्तै, उनले प्रहरीलाई राजनीतिक वा अवाञ्छनीय प्रभावबाट मुक्त रहेर अनुसन्धान अघि बढाउन निर्देशन दिइएको बताए ।

‘कोही निदोष फस्ने काम नहोस् भनेर भनेका छौँ, कसैको छविमाथि आघात नपुगोस् र कोही पनि दोषी नछुटोस् भनेर निर्देशन दिइएको छ, प्रहरी त्यसैअनुसार  अघि बढेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट