काठमाडौं । नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकका आधारमा देश अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै यस्तो बताएका हुन् । अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिनुपर्ने उनको भनाइ छ ।
‘मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अफ्ठ्यारो अवस्थामा छौँ । अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार कसरी अगाडि बढ्छौँ । त्यसमा समितिलाई समेत साथमा लिएर जानुपर्छ । आगामी बजेटमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँगसम्बन्धी आर्थिक सूचकहरू बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने ।