शाहरुखका छोरा आर्यनका लागि किन र कसले माग्यो २५ करोड?-Sutra News

शाहरुखका छोरा आर्यनका लागि किन र कसले माग्यो २५ करोड?

मंगलबार, २ जेष्ठ २०८०

मंगलबार, २ जेष्ठ २०८०

बलिउड अभिनेता शाहरूख खानको छोरा आर्यन खानलाई ड्रग्स केसमा फसाउने एनसिबी मुम्बईका प्रमुख समीर वानखेडेले २५ करोड भारू मागेको खुलासा भएको छ।



आर्यनको लागुऔषध मामिलामा उनको नाम हटाउन २५ करोड भारु मागिएको खुलासा सो केसमा संलग्न केपी गोसावीले गरेका हुन्।

उनै गोसावी सिबिआईले साक्षीको रूपमा पेस गरेको हिन्दूस्तान टाइम्सले आफ्नो समाचारमा उल्लेख गरेको छ।

गोसावी सो घटना हुँदा वानखेडेसँगै टिममा थिए।

वानखेडेले २५ करोड माग गरे पनि गोसावीले १८ करोडमा सम्झौता पक्का गराएका थिए जसबापत ५० लाख कमिसन पाएका थिए। यस केसलाई गोसावी पनि अनुसन्धान गरिरहेका थिए।

सन् २०२१ अक्टोबरमा एनसिबीका तत्कालीन मुम्बईका प्रमुख समीर वानखेडेको नेतृत्वमा मुम्बई इन्टरनेशनल क्रूज शीपमा छापा मार्दा आर्यन खान पक्राउ परेका थिए। त्यतिबेला त्यहाँबाट लागुऔषध फेला परेको बताइएको थियो।

त्यसपछि २२ दिन आर्यन जेल बस्नुपरेको थियो पछि प्रमाण नपुगेको भन्दै बम्बई उच्च अदालतले आर्यनलाई छाडेको थियो।
घटनामा एनसिबीको ७ अधिकारीविरूद्ध कारबाही गरिएको थियो।

The viral selfie shows KP Gosavi, who was a panch witness to the seizure of 6 grams of charas from Arbaaz Merchant on Cordelia, posing triumphantly with Aryan Khan. (HT Photo)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट