काठमाडौं । आगामी वर्ष बंगलादेशमा आयोजना हुने आइसिसी महिला टी–२० मलेसियामा आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले मंगलबार महिला टी–२० विश्वकपको ‘क्वालिफिकेसन पाथवे’ सार्वजनिक गरी सो जानकारी दिएको हो ।
जसअनुसार एसिया क्वालिफायर अगष्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ । जसमा नेपालसहित ११ राष्ट्रले प्रतिस्पर्धा गर्ने तालिका तय भएको छ ।
नेपाली टिमले यही मे अन्तिमबाट मलेसियासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।