काठमाडौँ – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान १३ वर्षपछि युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा १–० तथा समग्रमा ३–० को जित निकाल्दै इन्टर १३ वर्षपछि फाइनलमा पुग्न सफल भएको हो ।
सानसिरोमा मंगलबार राति भएको खेलमा इन्टरको जितमा दोस्रो हाफमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा परिवर्तित खेलाडी रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए । पहिलो लेगमा मिलान २–० ले विजयी भएको थियो ।
सानसिरोमा इन्टरले एसी मिलानसाग दवावमा झेलेपनि गोल भने घरेलु टोलीले गर्न सफल भएको थियो । यससँगै इन्टरले पछिल्लो तीन भेटमा मिलानलाई पराजित गर्न सफल भएको छ ।
इन्टरले सन् २००९–१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले पराजित गरेर उपाधि जितेयता फाइनलमा पुग्न सकेको थिएन । त्यसयता इन्टर क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।
अब इन्टरले उपाधिका लागि १० जुनमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनलको दोस्रो लेग आज राति हुँदैछ । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको छ।