काठमाडौँ- नेपाली कांग्रेसकी नेत्री उमा दाहालले अर्जुन ढुंगानामामाथि आक्रमण गरेकी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दुई पक्षबीच छलफल भइरहँदा दाहालले ढुंगानामाथि आक्रमण गरेकी हुन्। उनीहरूबीच धेरै पहिलेदेखि विवाद देखिएको स्थानीयले बताएका छन्।
विवाद बढ्दै गएपछि प्रहरी कार्यालयमा छलफल गरेर मिलापत्र गर्ने तयारी भइरहँदा दाहालले ढुंगानामाथि आक्रमण गरेकी हुन्। दाहालले ढुंगानाको टिसर्ट च्यातिदिएकी छन् भने कुटाइबाट रगत पनि आएको छ।
ढुंगानाले आफूलाई प्रहरीकै अगाडि कुटपिट हुँदा पनि प्रहरी मुकदर्शक भएको आरोप लगाएका छन्। ‘उमा दाहाल र मेरोबीच छलफल हुँदा प्रहरी कै सामु ज्यान मार्ने तरिकाबाट मलाई उमा दाहालले एक्कासी आक्रमण गरियो,रगताम्मे हुने गरी मलाई कुटपिट हुँदासमेत प्रहरी मुकदर्शक बन्यो,’ ढुंगानाले फेसबुकमार्फत भनेका छन्, ‘मलाई कुटपिट गरेर भीआईपी सुरक्षासहित उमा दाहाल प्रहरी संरक्षणमा काठमाडौँ फर्किनु भो,सर्वसाधरण मान्छेले प्रहरी सामु यसरी कुटपिट गरेको भए ती कुटपिट गर्ने ब्यक्ति प्रहरी हिरासतमा हुन्थे ,सानालाई ऎन ,ठुलालाई चैन भनेको यहि रहेछ,अब मैले कसैबाट सहयोग पाउन सकिन।’
उनले दाहालले कांग्रेसको पावर देखाउँदै आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन्।