रेशमलाई जन्मकैद गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीद्वारा ४ दिन नेपाल बन्दको घोषणा-Sutra News

रेशमलाई जन्मकैद गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीद्वारा ४ दिन नेपाल बन्दको घोषणा

बुधबार, ३ जेष्ठ २०८०

बुधबार, ३ जेष्ठ २०८०

रेशम चौधरीलाई जन्मकैद गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेको छ।



नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको हो ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी नाउपाले नेपाल बन्दको घोषणा सार्वजनिक गरेको हो ।

रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दा नबनाएर जन्मकैदको फैसला सदर भएको भन्दै नाउपाले नेपाल बन्दको आह्वान गरेको हो।

त्यसैगरी उनीहरुले नेपाल बन्द अगाडि जेष्ठ ३,४,५ गते देश व्यापी राँके जुलुस तथा कोण सभा लगायतका कार्यक्रमको पनि घोषणा गरेका छन्।

No description available.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट