अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीकी छोरीले डेब्यू फिल्ममै १० लाख पारिश्रमिक लिएकी छन्।
सुरेन्द्र पौडेलको निर्देशन र रोहित अधिकारीको निर्माणमा बन्न लागेको सिनेमा ‘वरिष्ठ बलराम’का लागि दिव्याले यो पारिश्रमिक पाएकी हुन्। सिनेमामा खगेन्द्र लामिछाने अनुबन्धित भइसकेका छन् भने अन्य दुई नायकको पनि खोजी भइरहेको छ।
अनमोल र प्रदिप सँग डेब्यू गर्न चाहने दिब्या यति बेला परिवार सँग अमेरिकामै छिन् । लामो समय देखि अमेरिका बसेकी दिब्या यसै फिल्मको लागि मे महिनामा नेपाल आउँदैछिन्। आफ्नो सौन्दर्यका कारण मिडियामा समय समयमा चर्चा बटुली रहने दिब्याले पहिलो फिल्म बाट नै दश लाख लिदैंछिन् ।
निकै कम पैसामा या त सित्तैमा पनि फिल्म खेल्ने कलाकारहरुको बिचमा डेब्यू फिल्मबाट नै यति धेरै पैसा पाउने नायीका सायद नै दिब्या मात्र हुन पर्छ।
तर यो दश लाख खुद उनले डिमान्ट गरेको चाँहि हैन। अमेरिकामा राम्रो तलब–सुविधामा काम गर्दै आएकी दिब्यालाई त्यसको तुलनामा १० लाख पनि कम रहेको निर्माता रोहित अधिकारीको दाबी छ।