इ–चुरोटको माध्यमबाट सुन तस्करी, चार जना पक्राउ-Sutra News

इ–चुरोटको माध्यमबाट सुन तस्करी, चार जना पक्राउ

बुधबार, ३ जेष्ठ २०८०

बुधबार, ३ जेष्ठ २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट प्रयोग गरी सुन तस्करी हुने गरेको खुलेको छ ।



भन्सार चेकजाँचका क्रममा विद्युतीय चुरोट समातिएको र सो चुरोट छुटाउन प्रयास गर्दा झण्डै ९ किलो बराबरको सुन भेटिएपछि इ– विद्युतीय चुरोटमार्फत् सुन तस्करी हुने गरेको खुलेको हो ।

प्रहरीका अनुसार भेप्सभित्र आएको सुन नासु खड्काले विचौलियासँग मिलेर साटफेर गरेर न्यूरोडमा विक्री गरेका थिए ।

पक्राउ परेका अरु मध्ये एक जना सुन विक्री गर्न जाने विचौलिया हुन भने दुई जना सुन खरिद गर्ने र गाल्ने व्यक्ति हुन ।
केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी)ले भेप्सको नाममा आएको सुन छुटाउन सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रवन्त खड्कासहित चार जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट