काठमाडौं । स्वदेशमा रोजगार नपाएर विदेश पलायन हुन बाध्य हुनुपरेको तथ्यमा आधारित ‘बाध्य भयौ नि’ बोलको गीत सार्वजनिक भएको छ ।
मंगालबार रोजगारका लागि विदेशिनुपर्ने बाध्यतालाई उजागरी सो रामप्रसाद पौडेलले सो गीत सार्वजनिक गरेका हुन् ।
गीतको रचना पौडेलले नै गरेका हुन् । त्यसैगरी, शब्द र संगीतसँगै अभिनय पनि उनकै रहेको छ । उनीसँग स्वरमा रेजिना परियारले साथ दिएकी छिन् ।
स्वदेशमा रोजगारी नपाएको, देश बनाउने नेताहरु जिम्मेवार नभएको र साहुँको ऋण तिर्न नसकेर नेपाली भित्रकै कथालाई गीतमार्फत देखाइएको रामप्रसाद बताउँछन् । नेपालीहरु रहरले भन्दा पनि बाध्यताले विदेश गइरहेका छन् । गीतको कथा अधिकांश नेपालीको जनजीवनमा मिल्छ ।
उनी भन्छन्, ‘यो गीतको विदेशमा गएका नेपालीलाई नेपाल फर्काउने र देशकै केही गर्नुपर्छ भनेर सम्झाउने उद्देश्य पनि हो ।’