काठामाडौं । चट्याङ पर्दा जिल्ला प्रशासन कार्यालय रामेछापको कम्प्युटर र इन्टरनेटका उपकरणमा क्षति पुगेको छ ।
मन्थलीमा बुधबार बिहान हावाहुरीसहित चट्याङ पर्दा कार्यालयमा रहेका कम्प्यूटरलगायत विद्युतीय सामग्रीमा क्षति पुगेको हो ।
जसका कारण केही समय कार्यालयका नियमित सेवा प्रभावित भए । कार्यालयले इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण मर्मत गरेर सामान्य सेवा अपराह्नदेखि सञ्चालनमा आएका छन् ।