काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
बुधबारसम्म जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो ।
तर, अनुसन्धान पूरा नभएपछि म्याद थप भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।