हिन्दुराष्ट्रको पक्षमा बोल्न भारतले नेपालमा पैसा दिन्छ : अमेरिकी विदेश मन्त्रालय-Sutra News

हिन्दुराष्ट्रको पक्षमा बोल्न भारतले नेपालमा पैसा दिन्छ : अमेरिकी विदेश मन्त्रालय

बुधबार, ३ जेष्ठ २०८०

बुधबार, ३ जेष्ठ २०८०

काठमाडौं । अमेरिकाले नेपालमा  हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतले पैसा दिने गरेको खुलासा गरेको छ ।



नेपालको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट २०२२ मा अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको धार्मिक स्थितिप्रति टिप्पणी गर्दै हिन्दू राष्ट्रका पक्षमा बोल्न पैसा दिने गरेको उल्लेख छ ।

यो रिपोर्ट बनाउन काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकारहरू, मानवअधिकार अनुगमनकर्ता, शिक्षाविद्, सञ्चारमाध्यम र अन्य ठाउँबाट सूचना संकलन गर्ने गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले सन् १९९८ देखि प्रकाशित गर्दै आएको छ । सो  अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्टमा नेपालको सन्दर्भमा छुट्टै १३ पृष्ठमा सो कुरा उल्लेख छ ।

प्रतिवेदनमा नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष राज्यको रूपमा स्थापित गरे पनि वास्तविकता त्यस्तो नभएको भन्ने कुरा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट