काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको विरुद्धको बलात्कार मुद्दामा अन्तरिम क्षतिपूर्ति माग गर्दै दायर गरिएको रिटमा काठमाडौँ जिल्ला अदालतले बिल भर्पाई माग गरेको छ।
बुधबार न्यायाधीश शंकरबहादुर राईको इजलासले पीडित पक्षसँग बिल भर्पाई माग गरेको हो ।
गत २४ वैशाखमा तय भएको अन्तिम पेसी जाहेरी पक्षले अन्तरिम क्षतिपूर्ति माग गर्दै अर्को निवेदन हालेपछि स्थगित गरिएको थियो। पीडित गौशाला २६ ले अन्तरिम क्षतिपूर्ति दिलाई भराई पाऊँ भन्दै ४ वैशाखमा जिल्ला अदालत काठमाडौँमा निवेदन दर्ता गरेका थिए। त्यसपछि अन्तिम पेशी स्थगित भएको थियो।
‘४ वैशाखमा दिएको निवेदनको व्योहोराबाट निवेदकले मानसिक तथा शारीरिक स्वास्थ्य उपचार बापत खर्च माग गरेको देखिँदा निवेदकले स्वास्थ्य उपचार गराएको उपचार सम्बन्धी कागजातहरू निवेदकबाट पेस गर्न लगाई नियमानुसार गर्नु’ आदेशमा भनिएको छ ।