काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै किसिमको संलग्नता नरहेको बताएकी छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वगृहमन्त्रीलगायत नेता हिरासतममा रहेका र कतै कतै उनको पनि नाम जोडिएर आइरहेका बेला कोइरालाले बुधबार गृहनगर जाने क्रममा यस्तो प्रतिक्रिया दिएकी हुन् ।
साथै, सो प्रकरणमा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने धारणा राखिन् ।
अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको बद्नामी हुने गरी यो प्रकरण अघि बढेकोले सबै सचेत हुनुपर्ने कोइरालाको भनाइ थियो ।
“नक्कली भुटानी शरणार्थी प्रकरणबारे विभिन्न देशमा चासो भएको छ । मलाई समेत देशविदेशबाट साथी इष्टमित्रले प्रश्न सोध्ने गर्नु भएको छ, हाम्रो मुलुकको छविलाई उच्च बनाउन सबैले राम्रो कार्यलाई मात्र प्रश्रय दिनुपर्छ,” कोइरालाले भनिन् ।
तर, कोइरालाको सचिवालयमा बसेर कार्य गरेका मोरङका केशव दुलाल प्रमुख योजनाकारको रूपमा पक्राउ परेका छन् ।