कोभिड युनिफाइड केन्द्रीय अस्पताल खारेज-Sutra News

कोभिड युनिफाइड केन्द्रीय अस्पताल खारेज

बुधबार, ३ जेष्ठ २०८०

बुधबार, ३ जेष्ठ २०८०

काठमाडौं ।  सरकारले कोभिड महामारीको अन्त्य सँगै कोभिड यूनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल खारेज गरेको छ ।



बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै कोभिड युनिफाइड अस्पताल रहने व्यवस्था हटाएका हुन् ।

सरकारले कोरोना बिरामीको उपचारको लागि लक्षित वीरको नयाँ भवनलाई कोभिड युनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाएको थियो ।

कोरोना महामारीको समय केन्द्रीय अस्पताल र प्रदेश अस्पतालहरु युनिफाइड अस्पतालको मातहतमा सञ्चालित थिए ।

२०७८ साल वैशाख २५ गतेको मन्त्रिपरिषदले वीरको नयाँ भवनलाई छुट्टै कोभिड युनिफाइड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट