काठमाडौं । बलिउड अभिनेता सलमान खानकी बहिनी अर्पिता खान शर्माका महँगा–महँगा गहना हराएका छन् ।
गहना चोरीको आशंकामा प्रहरीले उनको घरका कामदारलाई गिरफ्तार गरेको छ ।
खानकी बहिनी अर्पनाका अनुसार उनका महँगा डायमन्ड चोरी भएको छ । खानका अनुसार उनका पाँच लाख पर्ने डायमन्ड हराएका छन् । जुन उनले आफ्नो मेकअपको ट्रेमा राखेकी थिइन् ।
उनले ती गहना आफ्नामा काम गर्ने कामदारले लगेको अनुमान गरेकी छन् । उनका अनुसार ती कामदार गहना हराएदेखि काम गर्नै आएनन् ।