काठमाडौँ- गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग (डडेल्धुरामा) प्रतिस्पर्धा गरेर चर्चामा आएका सागर ढकाल अहिले ‘कोठाभाडा नतिरेको’ विषयले चर्चामा छन्।
केही सञ्चारमाध्यमले त्यही चुनावका बेला डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडामा लिएका ढकालले ८ महिनादेखिको भाडा नतिरेर कोठामा ताला लगाई सम्पर्कविहीन भएको भनी समाचार लेखेपछि उनले खण्डन गरिरहेका छन्।
यसअघि भिडिओ सन्देशमार्फत आफूविरुद्धको समाचार खण्डन गरेका ढकालले पुनः ट्विट गरेर आफूबाट अञ्जानमा गल्ती भएको भए क्षमा दिन आग्रह गरेका छन्।