भ्रष्टाचारविरुद्ध वसन्तपुरमा राप्रपाको विरोध सभा-Sutra News

भ्रष्टाचारविरुद्ध वसन्तपुरमा राप्रपाको विरोध सभा

बिहिबार, ४ जेष्ठ २०८०

बिहिबार, ४ जेष्ठ २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचारविरुद्ध विरोध सभा गर्ने भएको छ। आज(बिहीबार) काठमाडौंस्थित वसन्तपुरमा विरोधसभा गर्ने तयारी राप्रपाले गरेको हो। राप्रपाले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह र संलग्न उच्चस्तरीय नेताहरूलाई कारवाहीका लागि दबाब दिन विरोध कार्यक्रम आयोजना गरेको हो।



सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्नेछन्। यस्तै आजै नेकपा एकीकृतत समाजवादीले पनि नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न दबाब दिन माइतीघर मण्डलामा प्रदर्शन गर्दैछ।

सभालाई अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट