सेलिब्रेटी भैसकेपछि आफ्नो व्यक्तिगत कुरा जति लुकाउन चाहेपनि बाहिर आइहाल्छ।
बलिउडकै कुरा गर्ने हो भने पनि यस्ता कम नै जोडी छन् जो आफ्नो व्यक्तिगत जीवनको बारेमा लुकाउन सफल छन् । जसमा कटरिना र विकी एक हुन् ।
उनीहरु यस्तो जोडी हुन् जसले विहे अघि मात्र नभएर विहे पछि पनि आफ्नो पर्सनल लाइफलाई प्राइभेट राखेका छन् । उनीहरुको जोडी एक यस्तो जोडी हो जसको तारिफ गरेर मानिसहरु कहिल्यै थाक्दैनन् । तर के तपार्इँलाई थाहा छ यी दुईको प्रेम कथा कँहा र कसरी सुरु भएको हो
यदि छैन भने आज हामी तपाईं जानकारी गराउँदैछौँ
विक्की र कटरिनाको प्रेमकथाको सुरुवात करन जौहरको चैट सो ‘कफी विथ करन’बाट सुरु भएको हो ।
कटरिना करनको शोमा गएकी थिइन्, जँहा उनले ठट्टैमा म विक्की कौल सँग काम गर्न चाहन्छु भनेकी थिइन् । त्यसपछि जब विक्की त्यो शोमा जाँदा करणले कटरिनाको
उक्त क्लिप देखाउँदा विक्की यति खुसी भएकी उनले दिलमा हात राखेर सोफामा नै लडिदिए।
यी दुईको मजाक पछि उनीहरुको भेट एक पार्टीमा भयो र उनीहरु बिच निकटता बढ्यो।
इन्टरटन्मेन्ट खबरका अनुसार उनीहरु मित्रवत निकटता ‘डेट’सम्म पुगे ।
पछि सार्वजनिक ठाउँ तथा कार्यक्रमहरुमा सँगै गएपनि यो जोडीले खुलेर आफ्नो प्रेमको कुरा कहिल्यै गरेनन् ।
आफ्नो सम्बन्धलाई निकै नै गोप्य राख्न सफल यो जोडीले २०२१ को तिहारमा इंन्गेजन्ट गरेर सबैलाई चकित नै पारे । कतिलाई त विस्वास समेत भएन । डिसेम्बर २०२१ मा उनीहरुले विवाह गरे ।
यसरी ठट्टैठट्टाबाट सुरु भएको सम्बन्ध अहिले विवाहमा परिणत भएर सबैको लागि उदाहरणीय बन्न पुगेको छ ।