नक्कली भुटानी शरणार्थी प्रकरण: हज कमिटीका अध्यक्ष मियाँ पक्राउ-Sutra News

नक्कली भुटानी शरणार्थी प्रकरण: हज कमिटीका अध्यक्ष मियाँ पक्राउ

बिहिबार, ४ जेष्ठ २०८०

बिहिबार, ४ जेष्ठ २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शम्शेर मियाँ पक्राउ परेका छन्।



उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका मियाँ विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसयता उनी फरार थिए। उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बाहालवाला सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजित राईलगायतका १४ जना यसअघि नै पक्राउ परिसकेका छन्। मियाँको प्रकाउसंगै यो प्रकरणमा पक्राउ पर्ने आरोपितको संख्या १५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट