अमरेश कुमार सिंहले ‘फेरि कपडा खोल्ने’ चेतावनी दिएपछि ढिला सुरु भयो संसद बैठक-Sutra News

अमरेश कुमार सिंहले ‘फेरि कपडा खोल्ने’ चेतावनी दिएपछि ढिला सुरु भयो संसद बैठक

बिहिबार, ४ जेष्ठ २०८०

बिहिबार, ४ जेष्ठ २०८०

स्वतन्त्र सांसद डा. सिंहको अडानका कारण बिहीबार बिहान ११ बजेका लागि तय भएको संसद बैठक २ घण्टा ढिला सुरु भएको छ ।



स्वतन्त्र सांसद सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्न नदिइए ‘फेरि कपडा खोल्ने’ चेतावनी दिएपछि निर्धारित समयमा बैठक सुरु हुन नसकेको हो । सांसद सिंहलाई प्रश्न सोध्न दिने सभामुखको निर्णय पछि मात्रै संसद बैठक सुचारु भएको हो ।

संसद भवन नयाँबानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एकजना सांसद भएका पार्टी र स्वतन्त्र सांसदमध्ये कसलाई प्रश्न सोध्न दिने भन्ने विषयमा सहमति हुन सकेको थिएन ।

त्यसपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद् सिंहले सभामुख देवराज घिमिरेलाई भेटेर प्रश्न सोध्न दिनुपर्ने अडान राखेका थिए ।

स्रोतका अनुसार अमरेशले यदि प्रश्न सोध्न नदिने हो भने यसअघिको जस्तै संसद बैठकमै विरोधमा उत्रिने चेतवानी सभामुखलाई दिएका थिए ।

सभामुख घिमिरेले उनीहरुलाई मनाउने कोसिस गरे पनि कुरा मिल्न सकेको छैन । उनीहरुसँगको छलफलपछि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि संवाद गरेका छन् ।

बिहीबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले १५ सांसदहरूले प्रश्नको उत्तर दिने कार्यसूची छ । संसद‌्भित्र रहेका दलहरुको संख्याका आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्न पाइनेछ ।

संसद नियमावली अनुसार ३ दिनअगावै प्रधानमन्त्रीलाई सोध्ने प्रश्न सभामुखकहाँ आइपुग्नुपर्छ । त्यसको सामान्य जानकारी प्रधानमन्त्रीलाई गराउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट