सिनेमामा हिरो हिरोइनलाई स्टाइलिश र महंगो-महंगो कपडामा देखिन्छ ।
अझ बलिउड सेलिब्रेटीको त कुरै छोडौँ । तपाईँलाई थाहा छ त्यति मूल्यवान् कपडालाई सुटिङ सकिए पछि के गरिन्छ? यदि छैन भने आज हामी तपाईँलाई यसबारेमा बताउँनेछौं।
पछिल्लो समय बलिउड फिल्म बनाउन करोडौँको खर्च गर्न थालिएको छ । पहिले सिमित बजेटमा नै फिल्म बन्थ्यो तर अहिले फिल्मको कथाबाहेक फिल्मको भब्य सेट लगाउनेदेखि लिएर कलाकारको कपडामा पनि करोडौँ खर्च गरिन्छ ।
तर अब प्रश्न यहाँ उठ्छ कि लाखौँ, करोडौँ खर्च गरेर तयार पारिएको कपडालाई कलााकारले लगाइसकेपछि के गरिन्छ ?
जवाफ हो- केहि लुगा बेचिन्छ भने केही फिर्ता गरिन्छन् त केही मिसमास गरेर पुनः सिनेमामा प्रयोग गरिन्छ।
हजुर मिडिया रिपोटर्सका अनुसार हिरो, हिरोइनले फिल्ममा लगाएका कपडालाई बेच्न दिईन्छ। देवदास फिल्ममा माधुरीले ‘मार डाला’ बोलको गीतमा नाच्दा लगाएको हरियो रङको लेहेङ्गालाई ३ करोड रुपैयाँमा बेचिएको थियो ।
त्यसैगरी सलमान खानले ‘मुजसे शादी करोगीं’ बोलको गीतमा सेतो रङको तौलिया लाई पनि ४५ हजारमा बेचिएको थियो ।
फिल्मको कपडालाई कति प्रोडक्सन हाउसले मिसमास गरेर पुनः प्रयोग पनि गर्ने गरेका छन्। कहिले काँही त फिल्मकै लागि कपडालाई बनाउन दिईन्छ र सुटिङ पछि फेरी फिर्ता गरिन्छ र यो सबै कुरा फिल्ममा मात्र लागु नभएर टिभी सिरियलमा हकमा पनि लागु हुनेगर्दछ ।