काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालकाे अखण्डता, सार्वभौमिकताजस्ता कुरामा एक इन्च पनि गुम्न नदिने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा एमाले नेता रघुजी पन्तकाे प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् ।
यस्तै, सीमासम्बन्धी सम्मपूर्ण समस्या कूटनीतिक रुपमा समाधान गर्ने बताएका छन् । आफ्नो भारत भ्रमणका क्रममा नेपालको हितमा हुने बताए ।
यस्तै, उनले प्रधानमन्त्री ह्यान्डसम देखिन थालिनुभएको छ नि भनी प्रश्न गरेका थिए । सो प्रश्नको उत्तरमा प्रचण्डले भने, ‘ ह्यान्डसम देख्ने आँखालाई धन्यवाद दिन चाहन्छु । ’
यस्तै प्रश्नकर्ता रघुजी पन्तले संसद्मा सांसदले प्रधानमन्त्रीलाई साेध्ने प्रश्न बाहिरिएकोप्रति आपत्ति जनाएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्ने बताए ।
बिहीबार प्रतिनिधिसभा बैठकमा जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
यद्यपि जे गरे पनि एक महिनाभित्र नागरिकताको विधेयक टुंगो लगाउने उनको प्रतिबद्धता छ ।