खाइलाग्दो देखिए पनि मेरो तौल घटिराख्या छ- प्रचण्ड-Sutra News

खाइलाग्दो देखिए पनि मेरो तौल घटिराख्या छ- प्रचण्ड

बिहिबार, ४ जेष्ठ २०८०

बिहिबार, ४ जेष्ठ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू खाइलाग्दो देखिए पनि तौल घटिरहेको बताएका छन्।



आज संसदमा भएको प्रधानमन्त्रीसँग सासंदको प्रश्नोत्तर कार्यक्रममा प्रश्न राख्ने क्रममा नेकपा एमालेका सासंद रघुजी पन्तले प्रधानमन्त्री भएपछि प्रचण्ड खाइलाग्दो देखिएको भनेपछि सोको जवाफ दिदैं प्रचण्डले तौल घटेको बताएका हुन्।

‘आज धेरैदिनपछि देखेर होला, प्रधानमन्त्रीज्यू मेरो आँखालाई भ्रम परेको त होइन होला, प्रधानमन्त्री पहिलेको भन्दा ह्याण्डसम-ह्यान्डसम देखिनुभाछ। झन् दौरा सुरुवाल लाएर आउनुभाछ, खाइलाग्दो पनि देखिनुभाछ। कामना छ प्रधानमन्त्रीज्यू जति खाइलाग्दो देखिनुभाछ, नेपाली जनता पनि त्यति नै छिटो यस्तै खाइलाग्दो देखिइउन’, पन्तले प्रधानमन्त्रीलाई भने।

उनले महँगी बढेकाले जनताको हालत प्रधानमन्त्रीको देखिएको जस्तो नभइ फरक अवस्थालाई इंगित गर्दै आफ्नो भनाइ राखेका हुन्।

जवाफमा प्रचण्डले ‘आफ्नो प्रशंसा गरेको हो की व्यग्य? खैर! जे भएपनि प्रश्नका लागि धन्यवाद’, भन्दै आफ्नो तौल घटिरहेको बताएका हुन्।

‘सभामुख मोहदय मान्यज्यूले मेरो धेरै नै प्रशंसा भन्नौ की व्यग्य के भन्नी हो, त्यसको लागि धन्यवाद।म धेरै खाइलाग्दो भएको छु जस्तो लागेको छैन्। मेरो तौलचाँहि घटिराख्या छ, देख्दाखेरि राम्रो देख्नुभएछ, तपाईंको आँखालाई पनि धन्यवाद’, प्रचण्डले भने।

त्यसैगरी पन्तले हरेक महिनाको पहिलो हप्ता सासंदसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेपनि प्रधानमन्त्री भएको ५ महिनापछि बल्ल अवसर जुरेकोमा पनि प्रम प्रचण्डलाई कटाक्ष गरेका थिए।

‘विशेष समयमा बोल्नु पर्‍यो, आकष्मिक समयमा पनि बोल्नुपर्‍यो। जनता दुब्लाएर गएका छन्, मारमा परेका छन्, महँगीमा परेका छन्,आर्थिक मन्दी छ। सबैको बारेमा छलफल गर्न पाइयोस भनेर यो संसदमा पटकपटक आग्रह पनि गरियो। केही नलागेर जिरो आवरमा(शुन्य समयमा) प्रधानमन्त्री कहाँ हुनुहुन्छ भनेर खोज्नुपर्ने, सूचना जारी गर्नुपर्ने अवस्था पनि आयो’, पन्तले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट