‘नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा हस्तक्षेप हुँदैन’-Sutra News

‘नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा हस्तक्षेप हुँदैन’

बिहिबार, ४ जेष्ठ २०८०

बिहिबार, ४ जेष्ठ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा आशंका नगर्न आग्रह गरेका छन् ।



बिहीबार संसदमा भएको प्रश्नोत्तरमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले यो अब कुनै पार्टी, नेता विशेषको विषय नभएको बताए ।

यसलाई अन्तराष्ट्रिय संघ संस्थाले समेत चासोका साथ हेरिरहेको भन्दै उनले भने, ‘यसमा कुनै शंका गर्नु पर्दैन । प्रहरी र गृह मन्त्रालयमा कुनै दबाव र हस्ताक्षेप छैन ।’

आफूले गृहमन्त्रीलाई पनि दोषी कोही नछुटुन्, निर्दोष नपरुन भनेर आफूले भनेर प्रष्ट निर्देशन दिएको प्रधानमन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट