काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालमा नयाँ प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के होला भनी प्रश्न गरेका छन् ।
बिहीबार संसदमा भएको सांसद प्रधानमन्त्री प्रश्नोत्तरमा सांसद केसीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यस्तो प्रश्न गरेका हुन् ।
सांसद केसीको प्रश्नको उत्तरमा प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाटै पहिलो विदेश भ्रमण गर्नुपर्ने राजनीतिक बाध्यता नभएको बताए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले यस्तो कुनै बाध्यता नभएको बताएका छन् । उनले भने, ‘यो बाध्यता छैन भन्ने जवाफ मैले आफ्नो पहिलो प्रधानमन्त्री कालमा दिइसकेको छु ।
भारतसँगको नेपालकोे खुला सिमाना, आर्थिक, व्यापारिक, राजनीतिक संस्कृतिक सम्बन्धको विशिष्टता कारणले त्यो प्रचलन रहेको बताउँदै राजनीतिक बाध्यता नभएको बताए ।